Logo

कोशी प्रदेश

प्रदेश १ मा एमालेका हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्दै



काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका स्थायी कमिटीका सदस्य हिक्मत कार्कीले दाबी पेश गर्ने भएका छन् । एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको समर्थनमा कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसक्षम नयाँ सरकार गठनका लागि दाबी गर्न लागेका हुन् ।

९३ सदस्यी प्रदेशसभामा एमालेको ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ सांसद रहेका छन् । प्रदेश १ मा नयाँ सरकार गठनका लागि दिइएको समयसमीमा आज साँझ सकिँदैछ । त्यसअघि नै मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी भएको छ ।

कार्की एमालेका शेरधन राई मुख्यमन्त्री हुँदा प्रदेशका कानुन तथा आन्तरिक मामिलासम्बन्धी मन्त्री थिए ।

प्रकाशित मिति : २४ पुष २०७९, आईतवार १४:१४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।