Logo

प्रमुख समाचार

नवनियुक्त चिनियाँ राजदूतले भने : दुई देशका नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्छु



काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङले दुई देशका नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् । नेपालका लागि चीनका २२ औं राजदूत बनेका उनी आइतबार काठमाडौं आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरणपछि उनले दुई देशबीच हार्दिक सम्बन्धको विकास गर्न चीन सधैं इच्छुक रहेको बताए । उनले नेपालमा सबैसँग मिलेर काम गर्न चाहेको पनि धारणा राखे ।

‘नेपालमा रहँदा सबैसँग निकट सम्बन्ध बनाउँदै दुवै देशका नागरिकको लाभका निम्ति काम गर्नेछु’, उनले भने, ‘मेरो कार्यकालमा मैले चीन–नेपाल रणनीतिक साझेदारीमा नयाँ अध्याय थप्ने गरी भूमिका खेल्नेछु ।’

प्रकाशित मिति : २४ पुष २०७९, आईतवार १७:४७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।