Logo

कोशी प्रदेश

प्रदेशको नामकरण उच्च प्राथमिकता : नवनियुक्त मुख्यमन्त्री कार्की



काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले आफ्नो पहिलो प्राथमिकता प्रदेशको नामकरण रहेको बताएका छन् । आइतबार मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशको नामाकरणलाई उच्च प्राथमिकतामा राखेर सबैको सहमतिमा छिटो टुंग्याउने प्रयास गर्ने बताएका हुन् ।

मख्यमन्त्री कार्कीले सबै दलको प्रतिनिधित्व हुने गरेर सरकार गठन हुने पनि बताए । उनले विश्वासको मत लिएपछि मात्रै थप प्रक्रिया भने अघि बढाउने बताए । ‘कति सदस्यीय बन्ने भन्ने छैन’, मुख्यमन्त्री कार्कीले भने, ‘हामी सानो आकारको बनाउँछौँ। सकेसम्म सबै दललाई समेट्छौँ ।’

उनले मन्त्रालय बढाउनेतिर नभएर घटाउनेतर्फ जोड दिने बताए । प्रदेशमा पनि आलोपालोको निर्णय केन्द्रबाटै हुने भएकाले पार्टीको निर्णयअनुसार अघि बढ्ने बताए । माओवादीले सभामुख पाउनसक्ने भएपनि अहिलेसम्म नटुंगिएको उनले स्पष्ट पारे ।

  • सम्बन्धित समाचार

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त, सोमबार शपथ ग्रहण

प्रकाशित मिति : २४ पुष २०७९, आईतवार १८:१८   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।