काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले आफ्नो पहिलो प्राथमिकता प्रदेशको नामकरण रहेको बताएका छन् । आइतबार मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशको नामाकरणलाई उच्च प्राथमिकतामा राखेर सबैको सहमतिमा छिटो टुंग्याउने प्रयास गर्ने बताएका हुन् ।
मख्यमन्त्री कार्कीले सबै दलको प्रतिनिधित्व हुने गरेर सरकार गठन हुने पनि बताए । उनले विश्वासको मत लिएपछि मात्रै थप प्रक्रिया भने अघि बढाउने बताए । ‘कति सदस्यीय बन्ने भन्ने छैन’, मुख्यमन्त्री कार्कीले भने, ‘हामी सानो आकारको बनाउँछौँ। सकेसम्म सबै दललाई समेट्छौँ ।’
उनले मन्त्रालय बढाउनेतिर नभएर घटाउनेतर्फ जोड दिने बताए । प्रदेशमा पनि आलोपालोको निर्णय केन्द्रबाटै हुने भएकाले पार्टीको निर्णयअनुसार अघि बढ्ने बताए । माओवादीले सभामुख पाउनसक्ने भएपनि अहिलेसम्म नटुंगिएको उनले स्पष्ट पारे ।
- सम्बन्धित समाचार
प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त, सोमबार शपथ ग्रहण




















प्रतिक्रिया