Logo

प्रमुख समाचार

राहदानी विभागको सर्भरमा देखिएको समस्या समाधान



काठमाडौं । राहदानी विभागकाे सर्भरमा देखिएकाे समस्या सामाधान भएकाे छ । १७ पुसमा देखिएको समस्याको समाधान भएको विभागले जनाएकाे छ । समस्या समाधान भइसकेको बताउँदै आवेदन दिएकाहरुले राहदानी तयार रहेको म्यासेज मोबाइलमा आएपछि वा नेपाल इपासपोर्ट एपमा राहदानी तयार छ भन्ने जानकारी प्राप्त भएपछि राहदानी लिनका लागि सम्पर्क गर्न भनेको छ ।

विभागले प्रधानमनन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार राहदानी प्राप्त गर्ने प्रक्रियालाई अझै चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन आवश्यक प्रक्रिया अघि बढाउने पनि प्रतिबद्धता जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले सरकारकार सचिव तथा विभागीय प्रमुखहरुलाई निर्देशन दिँदै एक महिना भित्र सेवाग्राहीले लाइनमा बस्नु पर्ने र झन्झट व्यहोर्नु पर्ने समस्या सधैंका लागि अन्त्य गर्ने निर्देशन दिएका थिए ।

तर त्यसै दिन राहदानी विभागले भने प्राविधिक समस्या आएको भन्दै अनिश्चितकालका लागि सेवा बन्द गरेको सूचना निकालेको थियो । विभागले सर्भरमै समस्या आएको भनेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्राविधिक टोलीले समेत विभागको अनुगमन गरेको थिए ।

प्रकाशित मिति : २४ पुष २०७९, आईतवार १८:४५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।