Logo

खेलकुद

पब्जी विश्वकपमा नेपाली टिम दोस्रो



पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा २०२२ मा नेपाली टिम दोस्रो भएको छ ।

आइतबार इन्डोनेसियाको जाकारतामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो ।

फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो ।

विजेता एसटूजीले ५ लाख ८४ हजार अमेरिकी डलर पाएका छन् भने उपविजेता डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार पाएको छ ।

फाइनल पुगेको नेपालकै अर्को टिम टिटुके भने १३ औँ स्थानमा आएको छ । टिटुकेले ११२ अंक जोडेर १ लाख ३२ हजार ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार ०८:४३   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।