Logo

बैंकिङ

एसबीआई बैंकको सिईओको जिम्मेवारी डेलेलाई 



नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दीपककुमार डेलेले सम्हालने भएका छन् । बैंक सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले भारतीय स्टेट बैंकको निर्णयलाई सदर गरी भटनागरलाई फिर्ता पठाउन स्वीकृति दिएको हो । हालका सिइओ अनुकूल भटनागरलाई भारतीय स्टेट बैंकले फिर्ता बोलाएको छ । 

उनलाई भदौ १९ देखि भारत फिर्ता हुन बैंकले स्वीकृति दिइएको हो । त्यस्तै सोही बैठकले डेले पद बहाल नहुँदासम्मका लागि नायब कार्यकारी प्रमुख शुभकान्त कानुनगोलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : भाद्र २३, २०७७ मंगलबार  १ : ४४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।