Logo

खेलकुद

नेपाल टी–ट्वान्टी लिग : उपाधि जित्न लुम्बिनीद्वारा विराटनगरलाई १३४ रनको लक्ष्य



काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको उपाधिका लागि विराटनगर सुपर किंग्सले लुम्बिनी अल स्टार्सलाई १३४ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.२ ओभरमा अलआउट हुँदै १३३ रन बनायो ।

लुम्बिनीका लागि लाहिरु मिलन्थाले २८ बलमा ४१ रन तथा हरमित सिंहले ३० रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले २० तथा इशान पाण्डेले १८ रन बनाए । विराटनगरका लागि रान नानन र नन्दन यादवले समान दुई दुई तथा हुसेन तलत,कियोन जोशेफ, सुर्य तामाङ र कप्तान रोहित पौडेलले समान एक एक विकेट लिए ।

समूह चरण बिजेता लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो। विराटनगरले भने समूह चरणमा तेस्रो स्थानमा रहँदै ईलिमिनेटरमा काठमाडौं नाईट्स तथा दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरि फाइनलमा स्थान बनाएको हो । यस लिगको समूह चरणमा विराटनगर र लुम्बिनीले एक आपसकाविरुद्ध दुई खेल खेलेकामा दुवै खेल लुम्बिनीले जितेको थिए ।

यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।

प्रकाशित मिति : २७ पुष २०७९, बुधबार १३:५२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।