Logo

राजनीति

लुम्बिनी प्रदेश : लीला गिरीद्वारा मुख्यमन्त्रीमा दाबी पेश



काठमाडौं । लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका नेता लीला गिरीले दाबी पेश गरेका छन् । केन्द्रकै समीकरणअनुसार ७ दलको समर्थनमा सरकार गठनका लागि उनले आज दाबी पेश गरेका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई बुधबार ४ बजेभित्रै सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनले ७ दलका ५८ प्रदेशसभा सदस्यको समर्थनमा दाबी पेश गरेका हुन् ।

एमाले संसदीय दलका नेता गिरीलाई बुधबार नै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सह–इन्चार्ज रहेका गिरी पूर्वउद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री पनि हुन् ।

८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छ । अहिले एमाले नेतृत्वको सत्ता समीकरणमा स्वतन्त्रका २ जना सांसदसमेतको संख्या जोड्दा गिरीलाई समर्थन गर्ने सांसदको संख्या ५८ पुगेको छ । यो दुई तिहाईनजिकको बहुमत हो ।

प्रकाशित मिति : २७ पुष २०७९, बुधबार १४:४७   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।