काठमाडाैं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गरेको छ। संस्थाको सञ्चालक समितिको बुधबार (पुस २७ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट २५.२६ प्रतिशत लाभांश सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।
जसअनुसार सेयरधनीहरुले हाल कायम चुक्तापुँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँको कुल २५.२६ प्रतिशतले हुन आउने ५८ करोड ७० लाख ६७ हजार ६६० रुपैयाँबराबरको लाभांश प्राप्त गर्ने छन् ।
प्रस्तावित लाभांशमा २२ प्रतिशतले हुन आउने ५१ करोड १३ लाख २ हजार रुपैयाँबराबरको बोनस सेयर र ३.२६ प्रतिशतले हुन आउने ७ करोड ५७ लाख ६५ हजार ६६० रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्।




















प्रतिक्रिया