Logo

प्रमुख समाचार

एमाले त्यागेका घनश्यामलाई एकीकृत समाजवादीले पठायो स्वागत पत्र



काठमाडौं । नेकपा एकीकृत समाजवादीले एमाले छाडेका घनश्याम भुसाललाई स्वागत पत्र पठाएको छ। विगतदेखि नै पार्टी अध्यक्षको कार्यशैलीप्रति विमति जनाउँदै आएका भुसालले गत ४ मंसिरको निर्वाचनमा टिकट नपाएपछि एमाले छाडेर स्वतन्त्र चुनाव लडेका थिए ।

नेता भुसाललाई बुधवार साँझ नेकपा एसले पत्र पठाएको हो । सोमबार नेता भुसालले नेकपा एसमा प्रवेश गर्न लागि वामपन्थी एकताको प्रस्ताव पठाएका थिए । नेकपा एसले नेता भुसालले उठाएको प्रस्तावलाई सम्बोधन गर्ने गरी पत्र पठाएको बताइएको छ ।

भुसाल केही दिनमै नेकपा एस प्रवेश गर्ने तयारी रहेको बुझिएको छ । उनले नेकपा एसमा महासचिव मागेका छन् । तर, उनलाई शुरुमा सचिवालय सदस्य दिने नेकपा एसको तयारी छ ।

प्रकाशित मिति : २८ पुष २०७९, बिहीबार १३:२४   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।