Logo

अर्थ

निरन्तर उकालो लाग्दै सुनको मूल्य, सातामा १३ सय रुपैयाँले बढ्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातारजसो बढिरहेको छ । यो साता पनि सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा १३ सयले मूल्य बढेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ९०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा बढेर १ लाख ५ हजार २०० रुपैयाँमा आइपुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार ७०० रुपैयाँ पुगेको छ ।

यो साताको आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार रुपैयाँ थियो । यस्तै, सोमबार सामान्य रूपले बढेको मूल्य मंगलबार र बुधबार लगातार घट्दै १ लाख ४ हजार ५०० रुपैयाँमा आइपुगेको थियो । जुन, हिजो शुक्रबार एकै दिन ७०० रुपैयाँ बढ्दै १ लाख ५ हजार २०० रुपैयाँमा पुगेको हो ।

यस्तै, यो साता चाँदीको मूल्य भने घटेको छ । गत साता तोलामा १३ सय ८५ रुपैयाँ रहेको चाँदीको मूल्य १० रुपैयाँले घटेर १३ सय ७५ रुपैयाँमा आइपुगेको छ ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार १२:४४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।