काठमाडाैं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको नाफामा सामान्य वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकको खुद नाफा १.४३ प्रतिशतले बढे १ अर्ब २ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको वितरण योग्य नाफा भने एक अर्ब ५ करोड रुपैयाँ रहेको छ ।
दोस्रो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा पनि १.५४ प्रतिशतले बढेर १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा १ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो ।
पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी पनि २४.२० प्रतिशतले बढे २ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी २ अर्ब २४ करोड रुपैयाँमा सीमित थियो।
हाल चुक्तापुँजी १० अर्ब २६ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४ अर्ब १३ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म बैंकले १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।
बैंकको निष्क्रिय कर्जा (एनपीएल) भने ०.५७ प्रतिशतबाट बढेर १.४१ प्रतिशत पुगेको छ। सीडी रेसियो ८५.१८ प्रतिशत रहेको बैंकको आधार दर ११.२३ प्रतिशत रहेको छ।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १९ रुपैयाँ ७१ पैसाबाट बढेर १९ रुपैयाँ ९९ पैसा कायम भएको छ। बैंकको मूल्य अनुपात आम्दानी (पीई रेसियो) १२.४८ गुणा, प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ र तरलता अनुपात २३.०५ प्रतिशत रहेको छ।




















प्रतिक्रिया