Logo

बैंकिङ

सिटिजन्सले तिनाउ बैंकलाई प्राप्ति गर्ने 



सिटिजन्स् इन्टरनेशनल बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकमर्जरमा जाने भएका छन् । सिटिजन्स्ले तिनाहँलाई प्राप्ती गर्ने भएको हो ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतप्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी आज उक्त कम्पनीसँग प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

२०७७ साल कार्तिक १ गते तिनाउ मिसन डेभलपमेण्ट बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सिटिजन्स बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्र प्रसाद ओझाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

२०७७ कार्तिक १ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब १५ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव ९८ अर्ब रुपैयाँ हुनेछ ।

हाल सिटिजन्स बैंकको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने तिनाउ मिसन डेभलपमेण्ट बैंकको चुक्ता पूँजी १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार १३:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।