काठमाडाैं । गरिमा विकास बैंकले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वाजनिक गरेको वित्तीय विवरणअनुसार दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको प्रगति सन्तोषजनक देखिएको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकको खुद नाफा १.८६ प्रतिशतले बढेर ५० करोड २१ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ४९ करोड २९ लाख नाफा आर्जन गरेको थियो । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २१ करोड ४९ लाख रुपैयाँ रहेको छ।
दोस्रो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा १.८१ प्रतिशतले बढेर ७१ करोड ६७ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा ७० करोड ३९ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ३४.२७ प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ गरेको छ । गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी १ अर्ब १७ करोड रुपैयाँमा सीमित थियो ।
हाल चुक्तापुँजी ५ अर्ब १८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ६४ करोड रुपैयाँको सञ्चित छ । समीक्षा अवधिसम्म बैंकले ७१ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब ५८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।
बैंकको निष्क्रिय कर्जा (एनपीएल) भने ०.९६ प्रतिशतबाट बढेर १.८९ प्रतिशत पुगेको छ । बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २४ रुपैयाँ ९७ पैसाबाट घटेर १९ रुपैयाँ ३६ पैसा भएको छ । बैंकको मूल्य अनुपात आम्दानी (पीई रेसियो) १९.०१ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ९८ पैसा रहेको छ।




















प्रतिक्रिया