Logo

खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा देसाई !



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देसाईलाई नियुक्त गर्ने तयारी गरिएको छ । मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि राष्ट्रिय क्रिकेट टोली मुख्य प्रशिक्षकविहीन छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले देसाईलाई नयाँ प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको हो । यसअघि पनि दुई पटक अन्तिम छनोटमा परेका भारतीय प्रशिक्षक देसाईलाई क्यानले मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थिएन । यसपटक भने उनलाई जिम्मेवारी दिन लागिएको क्यान स्रोतले जनाएको छ । अन्तरवार्ताबाट देसाईको नाम क्यानको प्राविधिक समितिले बोर्डमा सिफारिस गरेको बताइएको छ ।

देसाईसँग सन् २०१८ मा अफगानिस्तानको प्रशिक्षकको भूमिका निर्वाह गरेको अनुभव छ । यस्तै सन् २०१९ को अक्टोबरमा युएईको ब्याटिङ प्रशिक्षकका रूपमा काम गरिसकेको उनी सोही समयमा क्यानडाको प्रशिक्षसमेत थिए ।

प्रकाशित मिति : ८ माघ २०७९, आईतवार १६:४३   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।