पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । मन्त्रालयको संख्या घटाएर र सोमबार मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिएको सत्तारुढ दलका एक नेताले जानकारी दिए ।
मुख्यमन्त्री अधिकारीले आइतबार साँझा सत्तारुढ दलका नेता तथा मन्त्रीहरुसँग छलफल गरेर मन्त्रालयको संख्या टुंगो लगाएका छन् । हाल १२ वटा मन्त्रालय रहेको प्रदेशमा सत्तारुढ दलहरुबीचको सहमतिअनुसार अब ७ मन्त्रालय हुने छन् ।
मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशमा झरेका अधिकारीले सुरूदेखि नै मन्त्रालयको संख्या घटाउने बताएका थिए । सोहीअनुसार आइतबार दलहरबीच मन्त्रालयको संख्या ७ मा झार्ने सहमति बनेको बताइएको छ ।
गण्डकीमा एमालेले मुख्यमन्त्रीसहित ४, माओवादीले २ मन्त्रालय र राप्रपाले १ मन्त्रालय पाउने सम्भावना छ ।




















प्रतिक्रिया