Logo

गण्डकी प्रदेश

गण्डकी : मन्त्रालयकाे संख्या घटाएर मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । मन्त्रालयको संख्या घटाएर र सोमबार मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिएको सत्तारुढ दलका एक नेताले जानकारी दिए ।

मुख्यमन्त्री अधिकारीले आइतबार साँझा सत्तारुढ दलका नेता तथा मन्त्रीहरुसँग छलफल गरेर मन्त्रालयको संख्या टुंगो लगाएका छन् । हाल १२ वटा मन्त्रालय रहेको प्रदेशमा सत्तारुढ दलहरुबीचको सहमतिअनुसार अब ७ मन्त्रालय हुने छन् ।

मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशमा झरेका अधिकारीले सुरूदेखि नै मन्त्रालयको संख्या घटाउने बताएका थिए । सोहीअनुसार आइतबार दलहरबीच मन्त्रालयको संख्या ७ मा झार्ने सहमति बनेको बताइएको छ ।

गण्डकीमा एमालेले मुख्यमन्त्रीसहित ४, माओवादीले २ मन्त्रालय र राप्रपाले १ मन्त्रालय पाउने सम्भावना छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आईतवार २१:५०   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।