काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा रुद्रप्रसाद दाहाल नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको माघ ९गते बसेको २०१औं बैठकले दाहाललाई चार वर्षको लागि स्वतन्त्र सञ्चालकमा युक्त गरेको हो ।
बैंकिङ क्षेत्रमा ३५ वर्ष भन्दा बढी अनुभव भएका दाहाल कृषि विकास बैंकबाट अवकास प्राप्त हुन् । वि.सं. २००८ सालमा धनकुटामा जन्मेका दाहाल सुनसरी इनरुवा स्थायी घरभई हाल कामपा १४ माबसोबास गर्छन् । उनले त्रिभुवनविश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
केन्द्रीय कार्यालय काठमाडौं चावहिलमा रहेको वित्तीय संस्थाको ७५ वटा शाखा रहेको छ । संस्थाले १४ हजार घर परिवारलाई वित्तीय सेवामार्फत कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।




















प्रतिक्रिया