पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सरकारलाई पूर्णता दिएका छन् । मंगलबार तीन मन्त्री थपिएसँगै गण्डकी सरकारले पूर्णता पाएको हो ।
मंगलबार मन्त्रीमा नियुक्त भएका तीन जनामा नेकपा एमालेका रोशनबहादुर गाहा थापा र बेदबहादुर गुरुङ हुन् । त्यस्तै माओवादी केन्द्रबाट रेशम बहादुर जुग्जाली मन्त्रीमा नियुक्त भएका हुन् ।
उनीहरु तीनै जनाले मंगलबार नै प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । यससँगै गण्डकीमा मन्त्रिपरिषद्को संख्या ७ सदस्यीय पुगेको छ ।यसअघि
एमालेबाट सीता सुन्दास, माओवादीबाट हरिबहादुर चुमान र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पञ्चराम गुरुङलाई मुख्यमन्त्री अधिकारीले विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । उनीहरुले पनि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।





















प्रतिक्रिया