Logo

प्रमुख समाचार

अमेरिकी राजनीतिक मामिला उपमन्त्री नेपाल भ्रमणमा आउँदै



काठमाडौं । अमेरिकी राजनीतिक मामिला उपमन्त्री नेपाल भ्रमणमा आउने भएकी छन् । उपमन्त्री भिक्टोरिया नुलान्ड माघ १५ र १६ मा नेपालको भ्रमण गर्ने तय भएको बताइएको छ ।

आनिर्वाचनपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेपछि विदेश मुलुकबाट नेपालमा हुन लागेको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो । उपमन्त्री नुलान्डले नेपालमा प्रधानमन्त्रीसहित अन्य दलका शीर्ष नेताहरुसँग भेट्ने बताइएको छ ।

स्रोतका अनुसार यो भ्रमणमा मुख्य गरी मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) को सहयोगमा भइरहेको कामको बारेमा छलफल हुनेछ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार १३:२४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।