Logo

राजनीति

‘कार्यविधि पालना नगरेकै आधारमा रवि लामिछानेलाई गैरनागरिक भन्न मिल्दैन’



काठमाडौं । नागरिकता पुनःप्राप्तिका लागि नियमावलीले तोकेको कार्यविधि पालना नगरेकै आधारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई गैरनागरिक भन्न नमिल्ने सरकारी वकिलले जिकिर गरेका छन् । लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएका कारण राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र सांसद पद खारेज गर्नुपर्ने माग गर्दै परेको रिटमा बुधबारदेखि संवैधानिक इजलासमा बहस सुरु भएको छ ।

लामिछानेले अमेरिकी नागरिक परित्याग गरेको सूचना दिएर नेपाली नागरिकता पुनःप्राप्तिको प्रक्रिया नचालेको र पुरानै नेपाली नागरिकता प्रयोग गरी उम्मेदवारी दिएकाले सांसद पद खारेज हुनुपर्ने रिट निवेदकहरुको तर्क छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतको तर्फबाट बहस नोट पेश गर्दै सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले भने लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन निवेदन दिनुपर्ने सारवान व्यवस्था नभई नितान्त कार्यविधिगत व्यवस्था मात्र भएको जिकिर गरेका छन् ।

‘कुनै पनि व्यक्ति सामान्य कार्यविधिको पालना नगरेकै आधारमा गैरनागरिक हुने अवस्था हुँदैन,’ उनले भने ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार १५:३५   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।