काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजाजस्तै भएको टिप्पणी गरेकी छन् । बिहीबार काठमाडौंमा आयोजित ‘आमनिर्वाचन–२०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठी’मा बोल्दै उनले राष्ट्रपति भण्डारीको सवारीका कारण आफूले दुःख पाएको भन्दै असन्तुष्टि पोखिन् ।
पूर्वप्रधानन्यायाधीश कार्कीले आयोगको कार्यक्रममा आउँदा राष्ट्रपतिको सवारीका कारण आफू लामो बाटो घुमेर आउनुपरेको उल्लेख गरिन् । उनले राजाले ठीक गरेनन् भनेर आउने मान्छेहरु पनि राजाजस्तै भएको टिप्पणी गरिन् । ‘राष्ट्रपतिबाट मैले पनि दुःख पाएँ । कहाँबाट आउनुपर्ने, सर्टकटमा आउनुपर्ने धेरै घुमेर आउनपर्यो आज । राजाले ठीक गरेनन् भनेर आउने मान्छेहरु राजाजस्तो भए,’उनको भनाइ थियो ।
पूर्वप्रधानन्यायाधीश कार्कीले पुराना प्रतिनिधिहरुको मानसिक विकास हुन नसकेको भन्दै गत निर्वाचनबाट युवाहरु आउनु सकारात्मक भएको बताइन् । राम्रा व्यक्तिहरुलाई प्रतिनिधि बनाउन सकिएमा मुलुकले राम्रो बाटो पाउने उनले धारणा राखिन् ।




















प्रतिक्रिया