काठमाडाैं । नेपाली कांग्रेसकी नेत्री एवं पूर्वउपसभामुख चित्रलेखा यादवले राज्यले कला क्षेत्रको विकासका लागि लगानी गर्नुपर्ने बताएकी छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशन कला तथा संस्कृति विभाग र मिथिला येँ आर्ट ग्यालरीको संयुक्त आयोजनामा आजदेखि ठमेलमा सुरु भएको अन्तर्राष्ट्रिय कला प्रदर्शनीको उद्घाटन गर्दै उहाँले राज्यले कला क्षेत्रमा लगानी गर्नुपर्ने बताएकी हुन् ।
नेत्री यादवले भनिन्, “नेपाल कला तथा संस्कृतिको धनी मुलुक हो, नेपाली कलालाई विश्वमाझ चिनाउनका लागि राज्यले कला क्षेत्रमा लगानी गर्नुपर्छ ।” उनले कलाकारलाई बाहिरका मान्छेले नबुझे पनि कलाकार संसारको मार्गदर्शक भएको बताइन् । कला र कलाकारको कुनै बन्धन नहुने उनको भनाइ थियो ।
वरिष्ठ कलाकार ज्ञानेन्द्रमान अमात्यले विश्वका सबै कलाको आ–आफ्नो विशेषता रहेको बताउँदै यस्ता कला प्रदर्शनीले अन्तर्राष्ट्रियस्तरमा नेपाली कलालाई जोडेको बताइन् ।




















प्रतिक्रिया