Logo

प्रमुख समाचार

माओवादी स्थायी कमिटी बैठक आज पनि



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (शुक्रबार) पनि सुरु भएको छ । बिहीबारदेखि सुरु भएको बैठक पार्टी कार्यालय पेरिसडाँडामा आज पनि बसिरहेको छ ।

आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, विभिन्न पार्टीहरुसँग भएको एकता प्रक्रिया, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

साथै बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार पेश गरेका नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग सहकार्य सुरु गर्नुको कारण समेटिएको प्रतिवेदनमाथि पनि छलफल हुने नेताहरुले बताएका छन् ।

बिहीबारको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेका थिए । साथै बैठकमा उनले फेरिएको राजनीतिक समीकरण र राष्ट्रपति निर्वाचनबारे सुझाव दिन स्थायी कमिटी सदस्यहरुलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार ११:५५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।