काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको मुद्दामा सुनुवाइ सुरु भएको छ । यसअघि बुधार सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु गरिएको थियो । त्यसदिन हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज पुनः सुनुवाइ सुरु गरिएको हो ।
बुधबार संवैधानिक इजलासमा एकजना न्यायाधीश हेरफेर गरेर गरिएको थियो । आज न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ संवैधानिक इजलासमा छन् भने प्रकाशमानसिंह राउत हटेका छन् । अहिले सुनुवाइमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा छन् ।
आज गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले बाँकी बहस गर्नेछन् भने त्यसपछि रिट निवेदकहरुले जवाफी बहस गर्ने छन् । बहस सकिएपछि सर्वाेच्चले आजै संक्षिप्त आदेशसहित निर्णय सुनाउने वा निर्णय सुनाउने कुनै मिति तोक्ने छ ।




















प्रतिक्रिया