Logo

बैंकिङ

सिटिजन लाइफको तेस्रो वर्ष पुरा 



सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापनाकालको तेस्रो वर्ष पूरा भएको छ । कम्पनी अब तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको हो ।

सबैभन्दा विश्वासिलो र ग्राहकवर्गको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्धेश्यका साथ अघि बढ्दै सफलताको तेश्रो वर्ष पुरा भएकोमा नियमनकारी निकायहरु, ग्राहकवर्ग, शेयरधनी महानुभावहरू, अभिकर्ता, कर्मचारी तथा सञ्चारकर्मी एवम् सम्पूर्ण शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको कम्पनीले जनाएको छ ।

अहिलेको यस विष्म परिस्थितिसँग लड्दै अगाडि बढ्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो तेस्रो वार्षिकोत्सवको यसै अवसरमा नयाँ म्यास्कोट ‘सिटिम्यान’लाई तपाईंहरु सामु ल्याएको छ । सुरक्षा प्रदान गर्नको लागि हरेक पल तयार यस सिटिम्यानले ग्राहकको चाहना र माग अनुरुपको नवीनतम सेवा र सुरक्षा प्रदान गर्नेछ । हसिलो मुहार भएको यस सिटिम्यानको हातमा भएको छाताले ग्राहकहरुले बीमा मार्फत प्राप्त गर्नहुने विभिन्न सुरक्षाहरुको प्रतीकात्मक अर्थ बोकेको छ ।

हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना बढाउन विद्यार्थीसंग बीमा जस्ता विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

यसका साथै महान चाड विजया दशमीको पावन अवसरमा सम्पूर्ण नेपालीहरुलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार १६:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।