Logo

राजनीति

अध्यक्ष रवि पदमुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो आकस्मिक बैठक



काठमाडौं । संस्थापक अध्यक्ष पदमुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक बैठक बोलाएको छ । बैठकमा अध्यक्ष रवि लामिछाने सांसदका साथै उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पद मुक्त भएपछि उत्पन्न परिस्थिति बारे छलफल हुँदै छ ।

अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले सांसद पद बदर गरेपछि लामिछाने सबै पदबाट मुक्त भएका छन् ।

गत ४ मंसिरमा सम्पन्न निर्वाचनबाट चितवन २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उनी पुस ११ मा उपप्रधान तथा गृहमन्त्री नियुक्त भएका थिए । तर नागरिकता अवैधानिक ठहर भएपछि ३२ दिनमै लामिछानेको मन्त्री पद गुमेको छ । मन्त्री पदसँगै पार्टी सभापति पदसमेत गुमेको हो ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार २१:५०   :  बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।