Logo

प्रमुख समाचार

रवि लामिछाने अनागरिक होइनन् : रवीन्द्र मिश्र



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले रवि लामिछाने अनागरिक नरहेको बताएका छन् । शुक्रबार सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति, उपप्रधान तथा गृहमन्त्रीबाट हटेका लामिछाने अनागरिक नरहेको मिश्रको दाबी छ ।

मिश्रले सामाजिक संजाल फेसबुकमा रवि नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य नेपाली नागरिक भएको तर उनी अनागरिक/राज्यविहिन नभएको स्पष्ट पारेका छन् ।

‘धेरैले रवि लामिछाने अनागरिक/राज्यविहिन भएको टिप्पणी गरेको देखियो।’, उनले खेलेका छन्, ‘नेपालको संविधान, पृष्ठ ४ मा “नेपालको नागरिकता‘प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन्” लेखिएको छ। उनी नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य नेपाली नागरिक हुन्। तसर्थ उनी अनागरिक/राज्यविहिन होइनन्।’

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार १४:२६   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।