काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतको आदेशलाई स्वभाविक रूपमा लिनुपर्ने बताएका छन् । कानून बमोजिम जो कोही माथि मुद्दा चल्न सक्ने भएकाले आश्चर्य मान्नुपर्ने कुनै कारण नरहेको बताए ।
शनिवार पार्टी कार्यालय च्यासलमा आयोजित सहिद स्मृति कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गदै नेम्वाङले नागरिकता लिएर लामिछाने उपनिर्वाचन लड्न सक्ने पनि बताए ।
नेम्वाङले राष्ट्रपतिको हकमा यसअघि भएको सहमतिअनुसार एमालेले नै उम्मेदवार खडा गर्ने बताए । उनले राष्ट्रपतिका विषयमा अन्य दलहरूसँग सल्लाह गर्ने माओवादीको निर्णयलाई अन्यथा मान्न नहुने र एमालेको उम्मेदवारमाथि नै राष्ट्रिय सहमति खोज्ने नै भएको जिकिर गरे ।




















प्रतिक्रिया