Logo

प्रमुख समाचार

सुवास नेम्वाङ भन्छन्– रवि लामिछानेविरुद्ध सर्वोच्चको आदेश स्वभाविक, आश्चर्य मान्नु पर्दैन



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतको आदेशलाई स्वभाविक रूपमा लिनुपर्ने बताएका छन् । कानून बमोजिम जो कोही माथि मुद्दा चल्न सक्ने भएकाले आश्चर्य मान्नुपर्ने कुनै कारण नरहेको बताए ।

शनिवार पार्टी कार्यालय च्यासलमा आयोजित सहिद स्मृति कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गदै नेम्वाङले नागरिकता लिएर लामिछाने उपनिर्वाचन लड्न सक्ने पनि बताए ।

नेम्वाङले राष्ट्रपतिको हकमा यसअघि भएको सहमतिअनुसार एमालेले नै उम्मेदवार खडा गर्ने बताए । उनले राष्ट्रपतिका विषयमा अन्य दलहरूसँग सल्लाह गर्ने माओवादीको निर्णयलाई अन्यथा मान्न नहुने र एमालेको उम्मेदवारमाथि नै राष्ट्रिय सहमति खोज्ने नै भएको जिकिर गरे ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार १६:४३   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।