Logo

राजनीति

त्रिभुवन विमानस्तलबाट अन्तर्राष्ट्रिय उडान सुचारु



काठमाडौं । त्रिभुवन विमानस्थलमा रोकिएको अन्तर्राष्ट्रिय अडान सचारु भएको छ । विमानस्तलको अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको हो ।

अहिले म्यानुअल्ली रुपमा उडान भइरहेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । अहिले जहाज उडान तथा अवतरणमा कुनै समस्या नभएको उनको भनाइ छ ।

महाप्रबन्धक ठाकुरका अनुसार अहलिे यात्रुको व्यवस्थापनमा केही समस्या भएको र विमानस्थलमा भीड बढेको छ । अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको थियो ।

महाप्रबन्धक ठाकुरले विगतमा पनि यस किसिमको समस्या उत्पन्न हुने गरेको भन्दै विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी बनाउन आइतबार अध्यागमनसँग बैठक बसेर आवश्यक निर्णय लिइने पनि बताए ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार १७:१८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।