Logo

राजनीति

राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाए अहिले झेल्नुपरेका समस्याबाट मुक्ति मिल्छ : बिडारी



काठमाडौं । राष्ट्रिय सभाका पूर्वसदस्य एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमतिमा आवश्यक हुने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बिडारीले राष्ट्रपति पद एकता, संघीयता र गणतन्त्रकै प्रतीक भएकाले सबैको सहमतिमा राष्ट्रपति बनाउन सक्ने वातावरण बनाउनुपर्ने बताएका हुन् ।

बिडारीले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाए अहिले झेल्नुपरेका समस्याहरूबाट मुक्ति मिल्ने जिकिर गरे । राष्ट्रपति विद्यादेवी भण्डारी दलगत गन्ध धेरै आएको बताउँदै उनले भण्डारी राष्ट्रपति बनेर भन्दा पनि दलको प्रभावमा परेर काम गरेको आरोप लगाए ।

तत्कालीन राष्ट्रपति रामवरण यादवको पालामा रुपमाङ्गत कटुवालको बाहेक अन्यमा बहस गर्नु नपरेको तर राष्ट्रपति विद्यादेवी भण्डारीको पालामा धेरै राजनीतिक गन्ध आएको उनले बताए ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार १८:१९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।