काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले संगठति गर्न जरुरी रहेको बताएका छन् । उनले कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको अवस्थामा यसलाई नयाँ ढंगले संगठति गर्न जरुरी रहेको बताएका हुन् ।
शनिबार काठमाडौंमा इन्द्रमोहन सिग्देलद्वारा लिखित विचारधारात्मक संघर्ष पुस्तकको परिचर्चा कार्यक्रममा महासचिव वैद्यले कठिन संघर्षकाबीचबाट कम्युनिष्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नु बेला आएको पनि धारणा राखे ।
उनले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन विभिन्न शक्तिसँग एकताको कुरा भएपनि विप्लव नेकपा भने एकताबाट पछि हटेको जिकिर गरे ।




















प्रतिक्रिया