काठमाडौं । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज (आइतबार) नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं जाँदै छन् । उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका बताइएको छ ।
नागरिकता विवादमा कसुरदार ठहरिएपछि लामिछाने मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पदबाट समेत च्युत भएका थिए । उनले अमेरिकी नागरिक रहेकै बेला नेपालको पासपार्ट लिएको, अमेरिकी नागरिकता त्याग गरिसकेपछि पनि नेपालको नागरिकता लिन कुनै प्रक्रिया नथाली पुरानै नागरिकता प्रयोग गरेकोमा सर्वोच्चले कसुरदार ठहर गर्दै पदच्युत गरेको थियो ।




















प्रतिक्रिया