Logo

खेलकुद

आर्मीलाई हराउँदै पुलिस तेस्रो स्थानमा




काठमाडौं । शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो भएको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आज भएको खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । पुलिसले आर्मीलाई २५–२१, २५–२१ र २५–१९ ले हरायो । तेस्रो स्थान हासिल गरेको पुलिसले रु ७५ हजार पुरस्कार पायो ।

प्रतियोगिताको उपाधिका लागि साबिक विजेता नेपाल एपिएफ क्लब र न्यू डायमन्ड युथ स्पोटर्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेता टोलीले रू तीन लाख तथा उपविजेताले रु एक लाख ५० हजार पुरस्कार पाउनेछन् ।रासस

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार १४:५४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।