Logo

आजको तस्बिर

‘प्रेम सप्ताह’मा व्यापारीलाई फूल बेचेर भ्याइनभ्याइ (तस्बिरसहित)



काठमाण्डौ । प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे लाई खासगरी युवायुवतीहरुले एकअर्काबीचको अव्यक्त प्रेमलाई व्यक्त गर्ने अवसरको रुपमा लिने गरेको पाइन्छ ।

क्याथोलिक र रोमन समुदायका नागरिकले मायाको पर्वको रुपमा मनाउने गरेको भए पनि बढ्दो सूचना र प्रविधिको विकाससँगै प्रेम दिवस विश्वभरमा नै मनाउन थालिएको छ।

नेपालमा पनि पछिल्लो समय प्रेम दिवसले व्यापकता पाउँदै गएको छ। फेब्रुअरी १४ लाई प्रेम दिवसको मुख्य दिन मानिए पनि एक हप्ता अघिदेखि नै विभिन्न दिनहरूका रूपमा यो दिवसले मनमउने गरिएको छ। फेब्रुअरी ७ देखि नै भ्यालेन्टाइन डेका महत्वपूर्ण दिनहरु सुरु हुने गर्दछन् । फेब्रुअरी ७ मा रोज डे, ८ मा पर्पोज डे, ९ मा चक्लेट डे, १० मा टेड्डी डे, ११ मा प्रमिस डे, १२ मा हग डे, १३ मा किस डे र १४ मा भ्यालेन्टाइन डे । नेपाली समाजमा पनि पछिल्लो समय यवा पुस्तामा बढ्दो चासो देखिएको छ।

विशेषगरी प्रेम दिवसमा युवायुवतीहरुले एकआपसमा उपहार आदानप्रदान गर्ने गर्छन् । यो समयसम विशेष गरी रातो गुलाब आफ्ना प्रेमीप्रेमिकालाई उपहार दिने गर्छन् । त्यसैले यो समयमा रातो गुलाबको व्यापार गरेर फूल व्यापारीले राम्रो आम्दानी गर्ने गर्छन् ।

यो समयमा व्यापारीहरुलाई गुलाबको फूल बिक्री गरेर भ्याइनभ्याइ हुने गर्छ ।

तस्बिरहरु

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार १४:४४   :  बजे

162
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।