Logo

राजनीति

कांग्रेस महामन्त्री शशांकलाई कोरोना संक्रमण



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ। कोइरालानिकट एक नेताकाअनुसार स्वाब परीक्षण गर्दा उनको आज पोजेटिभ नतिजा आएको हो । उनी अहिले होम–आईसोलेशनमा रहेको बुझिएको छ । कोरोना पोजेटिभ देखिएपछि उनको पूनः स्वाब लिईएको छ । र, अर्को रिपोर्ट पनि आजै आउने ती नेताले जानकारी दिए ।

असक्षमताको आरोप लाग्छ भनेर देउवाले बेमौसमको बाजा नै बजाउनुभएको हो : पाण्डे

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले यो वर्ष महाधिवेशन गर्ने वर्ष भएकोले अरु बेलाभन्दा अलिक बढि पार्टीभित्र झगडा भएको बताएका छन् । उनले सभापति शेरबहादुर देउवाले विभागहरु गठन गर्नुलाई गलत मान्न नहुने तर्क गरे । सोमबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले भनेका छन्,- सहमतिबाट गर्ने भनेर अड्किँदाखेरि यतिसम्म आएको कुरा हो । 

मलाई सोध्नुहुन्छ भने यसलाई तिललाई पहाड बनाउनुपर्ने आवश्यकता छैन । यसलाई अनावश्यक रूपमा गर्न खोजिएको हो भने त्यो पनि गलत हो ।” उनले अघि भनेका छन्,”वास्तवमा भन्नुपर्दा उहाँलाई के लाग्यो भने यदि विभागहरू गठन गरिएन भने विभाग गठन गर्न सकेन, यो गर्न सकेन, त्यो गर्न सकेन भनेर असक्षमताको आरोप लाग्छ, भनेर भनिएको अनुसार बेमौसमको बाजा नै बजाउनुभएको हो ।”

प्रकाशित मिति : भाद्र २३, २०७७ मंगलबार  ३ : ०९ बजे