काठमाडौं । मुख तथा श्वास गन्हाउने समस्या धेरैमा हुने हुन्छ । श्वास गन्हाउने एउटा रोग मात्र होइन्, यसले गर्दा आत्मविश्वासमा पनि आँच आउन सक्छ । साधारणतया नियमित मुख सफा नगर्दा, दाँत नमाझ्दा, वा खानपानको गडबडीले मुख गन्हाउने समस्या हुन्छ ।
श्वास गन्हाउने समस्या किन हुन्छ त ?
कुनै न कुनै खाने कुरा जस्तैः प्याज, लसुन, मुला, खाँदा श्वास गन्हाउँछ । यो समस्या नै होइन् । यस्तो समस्या साधारणतयाः केही बेर वा एक दुई दिनमा हराउँछ । तर, प्याज, लसुन, मुलाजस्ता खानेकुराहरु नखाँदा पनि श्वास गन्हाउनुलाई शारीरिक समस्याको रुपमा लिइन्छ । दाँतमा किरा लागेको छ भने श्वास गन्हाउन सक्छ । गिजाको भागमा फोहोरहरू जम्मा भएर गिजा पाकेको अवस्थामा श्वास गन्हाउने गर्छ । पेटको समस्या जस्तैः ग्यास्ट्रिक, पिनास, टन्सिल छ भने पनि श्वासबाट दुर्गन्ध आउन सक्छ ।
श्वास गन्हाउने समस्याबाट कसरी छुटकारा पाउने ?
-दन्त चिकित्सक कहाँ गएर मुख स्वास्थ्यको परीक्षण गराउने ।
-नियमित बिहान बेलुका राम्ररी ब्रस गर्ने ।
-दाँत किराले खाएको छ भने चाँडोभन्दा चाँडो दन्त चिकित्सक कहाँ गएर दाँत भर्ने ।
-गुलियो खानेकुराहरु कम गर्ने ।
-ब्रस गर्दा जिब्रो पनि सफा गर्ने ।
-पानी प्रशस्त पिउने ।
-फाइबरयुक्त खानेकुरा र भिटामिन ‘सी’ पाइने खानेकुराहरु खाने ।
-मुखमा घाउ भए मनतातो पानीमा नुन हालेर कुल्ला गर्ने ।
-निमको पातलाई पिसेर मनतातो पानीमा हालेर कुल्ला गर्ने ।




















प्रतिक्रिया