Logo

अनलाइनपाना खोज

बाह्रसिङ्गे ब्राण्डका करिब २१ सय कार्टुन बियर बरामद



वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद सकिएका बियर नियन्त्रणमा लिएको छ । मंगलबार बजार अनुगमनको क्रममा विभागले बाह्रसिङ्गे ब्राण्डका उपभोग्य मिति सकिएका करिब २ हजार १०० कार्टुन बियर बरामद गरेको हो ।

विभागका अनुसार याक ब्रुअरी कम्पनीद्वारा उत्पादित उक्त बियर धुम्बाराहीस्थित कम्पनीको डिलर क्लाईमेक्स ट्रेडिङ्को गोदाममा भण्डार गरिरहेको अवस्थामा निरीक्षण टोलीले फेला पारेको हो ।

उक्त बियर आवश्यक कारबाहीका लागि सिलबन्दी गरिएको विभागले जनाएको छ । ६५० मिलि लिटर र ३३० मिलि लिटरका बोत्तलमा रहेका बियरको बजार मूल्य करिब ६० लाख भन्दा बढी पर्ने देखिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार ११:४५   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।