Logo

खेलकुद

स्कटल्याण्डद्वारा नेपाललाई दियो २७५ रनको लक्ष्य




काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत स्कटल्यान्डले नेपाललाई २७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर फिल्डिङ गर्दै स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको थियो । पहिलो एकदिवसीय शतक प्रहार गरेका उनले ८५ बलमा नटआउट १०७ रन बनायो ।

सातौं नम्बरमा ब्याटिङ गरेका लिस्कले अन्ति सम्म ८५ बल खेल्दै ३ चौका र ९ छक्का मद्दतमा अविजित १०७ रन बनाए । स्पीनरहरु कुशल मल्ल, सन्दीप लामिछाने, कुशल भुर्तेलले लगातार विकेट लिँदा स्कटिस टोली सुरुमा दबावमा परेको थियो ।

ओभरमा १११-६ को अवस्थामा रहेको स्कटल्याण्डका लागि माइकल लिस्ट र ज्याक जर्भिसले सातौं विकेटका लागि ८१ रनको महत्वपुर्ण साझेदारी बनाए । यसै खेलबाट ओडीआईमा डेब्यु गरेका ज्याक जर्भिसले २६ रन बनाए । ओपनर क्रिस्टोफर म्याक ब्रिज र ब्रान्डन म्याकमुलेनले समान २२ तथा कप्तान रिची बेरिङटन र तोमस म्याकिन्सले समान १९ रन बनाए ।

लिस्कले आठौं विकेटका लागि मार्क वाटसँग ७६ रन बनाए । वाटले २० रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रनमा ३ विकेट लिए । कुशल मल्लले ९ ओभरमा १ मेडन राख्दै ४९ रनमा २ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा १ मेडन राख्दै ५२ रन खर्चेर १ विकेट लिए । कुशल भुर्तेलले ६ ओभरमा २२ र दीपेन्द्र सिंह ऐरीले ५ ओभरमा २५ रन खर्चेर समान १ विकेट लिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार १३:०२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।