Logo

बैंकिङ

नीति ल्याबमा परीक्षणमा कोरोना पोजेटिभ भएकालाई बिमा भुक्तानी नदिन समितिको निर्देशन



निजी ल्याबमा परीक्षण गराई कोरोना पोजेटिभ देखिएमा बिमा कम्पनीबाट दाबी भुक्तानी लिन नपाइने भएको छ । कतिपय निजी ल्याबले मिलेमतोमा नेगेटिभ देखिएका बिरामीलाई पनि पोजेटिभ रिपोर्ट बुझाएर बिमा दाबी गरेको पाइएपछि बिमा समितिले यस्तो निर्देशन दिएको हो ।

समितिले निजी ल्याबमा गरेको परीक्षणबाट पोजेटिभ देखिएमा बिमा दाबी भुक्तानी नगर्न सबै बिमा कम्पनीलाई सर्कुलर जारी गरेको छ । बिमा भुक्तानीका लागि निजी ल्याबले मिलेमतो गरी पोजेटिभ रिर्पोट बनाएर फर्जी काम गरेको फेला परेपछि दाबी भुक्तानीमा कडाई गरिएको समितिले जनाएको छ ।

कोभिडको दाबी भुक्तानी दिँदा स्वास्थ्य मन्त्रालय अन्तर्गतका ल्याब तथा अस्पतालमा भएको परीक्षण रिपोर्टका आधारमा मात्रै दिनु होला’ समितिद्वारा जारी सर्कुलरमा उल्लेख छ ।

कोरोना बीमा मापदण्ड २०७७ मा स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पिसिआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको प्रमाण पेश भएमा ७ दिनभित्र दाबी भुक्तानी गर्नुपर्ने उल्लेख छ । संक्रमितका लागि ५० हजारदेखि १ लाख रुपैयाँको कोरोना बिमा गरिएको छ ।

समितिका अनुसार कोरोना पोजेटिभ देखिने बित्तिकै भुक्तानी पाउने भएकाले कतिपयले फर्जी रिपोर्ट बनाइएको तथ्य खुलेपछि दाबी भुक्तानीमा कडाइ गरेको हो ।

प्रकाशित मिति : भाद्र १९, २०७७ शुक्रबार  ८ : ५३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।