Logo

नेस्से परिसूचक ७ अंकले बढ्दा पनि कारोबार रकम २ अर्ब पुगेन 



साताको तेस्रो दिन आज सेयर कारोबार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ७ दशमलव ३५ अंकले बढेर १ हजार ४ सय ९५ दशमलव १५ बिन्दुमा रोकिएको छ । 
दिनभर कारोबारमा आएका १ सय ९० वटा कम्पनीको ४ करोड १८ लाख ८ सय १९ कित्ता सेयर बिक्रि हुँदा जम्मा १ अर्ब ७९ करोग ८३ लाख ६३ हजार ६३ रुपैयाँ बराबरको कारोबार भएको छ । 
त्यसरी नै आज १२ वटा उपसमूहमा बैंकिङ्ग र होटल बाहेकका सबै उपसमुहहरु सेयर बढेको छ । बैंकिङ्गको २ दशमलव ८५ र होटलको ४ दशमलव ९६ अंकले घटेको छ । 
आज साल्ट्र ट्रेडिङ्ग कर्पाेरेसन, उन्नती सहकार्य लघुवित्त, एनआरएन लघुवित्त र जोशि हाइड्रोपावरका लगानीकर्ताले धेरै कमाएका छन् । 

प्रकाशित मिति : भाद्र २३, २०७७ मंगलबार  ३ : २३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।