Logo

समाचार

बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट: कुन पालिकाको बजेट कति?



बाजुुरा । बाजुराका ९ वटै स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् ।आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९ वटै स्थानीय तहले बजेट ल्याएका हुन् । ४ वटा नगरपालिका र ५ वटा गाउँपालिका रहेको बाजुरा जिल्लामा सबै पालिकाले जनमुखी बटेज ल्याएका छन् ।

सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता राख्दै ५१ करोड ६९ लाख १९ हजारको बजेट ल्याएको छ । नगरपालिकाले ‘कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पुर्वाधार समृद्ध बडिमालिकाको प्रमुख आधार’ भन्ने मुल नारा सहित आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको हो ।

बुढीगंगा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल ५६ करोड ५७ लाख १४ हजार रुपैयाँको बजेट विवरण सार्वजनिक गरेको छ । नगरपालिकाले चालु र पुँजीगत खर्चलाई सन्तुलनमा राख्दै विभिन्न दातृ निकाय, सङ्घीय र प्रदेश सरकारबाट प्राप्त अनुदान एवं आन्तरिक स्रोतलाई समेटेर बजेट सार्वजनिक गरेको हो ।

सार्वजनिक विवरणअनुसार नगरपालिकाको कुल आम्दानी र खर्चको विवरण बराबर रु. ५६,५७,१४,००० रहेको छ । त्यस्तै त्रिवेणी नगरपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि कुल ५४ करोड ९५ लाख ७२ हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ ।

बुढीनन्दा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ५७ करोड ६ लाख ९६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । नगरसभामा प्रस्तुत बजेटमा विकास निर्माण, सेवा प्रवाह तथा स्थानीय जनताको आवश्यकता सम्बोधनलाई प्राथमिकतामा राखिएको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३७ करोड ९८ लाख ४८ हजार रुपैयाँ चालु खर्चतर्फ तथा १९ करोड ८ लाख ४८ हजार रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरेको छ । प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक तथा पूर्वाधार विकास, सामाजिक सुरक्षा, रोजगार सिर्जना र सुशासन प्रवद्र्धनका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको जनाइएको छ ।

त्यस्तै गौमुल गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि ४० करोड ३१ लाख २९ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँसभामा बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, सडक, कृषि, रोजगारी, सुशासन र प्रविधिमैत्री सेवा प्रवाहलाई केन्द्रमा राखेर बजेट ल्याएको हो ।

कुल बजेट मध्ये आर्थिक विकासतर्फ ५ करोड २ लाख ८६ हजार रुपैयाँ, सामाजिक विकासतर्फ १५ करोड २० लाख २० हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ ६ करोड ५० लाख ५३ हजार रुपैयाँ, सुशासन तथा सेवा प्रवाहतर्फ ९ लाख ७० हजार रुपैयाँ तथा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ १३ करोड ४८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष विसुदेवी नाथले आव २०८३(८४ का लागि सभामा ५३ करोड १५ लाख ६९ हजारको बजेट पेस गरेकी हुन्।स्वामिकार्तिक खापर गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४४ करोड १६ लाख २ हजार रुपैयाँको बजेट प्रस्ताव गरिएको हो ।

गाउँसभामा उपाध्यक्ष सुलोचना भण्डारीद्वारा प्रस्तुत चालु आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकाको कुल विनियोजित बजेट ३८ करोड ३ लाख ६७ हजार १६९ रुपैयाँ रहेको छ । हालसम्म उक्त बजेटमध्ये २५ करोड २८ लाख ५४ हजार १०७ रुपैयाँ ५१ पैसा निकासा भइसकेको जनाएको छ ।

त्यस्तै हिमाली गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि कुल रु। ४३ करोड ६८ लाख ३९ हजार बराबरको बजेट विनियोजन गरेको छ । गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनमा प्रस्तुत बजेट अनुसार चालु खर्चतर्फ २५ करोड ६८ लाख २१ हजार तथा पुँजीगत खर्चतर्फ १८ करोड १८ हजार विनियोजन गरिएको हो ।

साथै जगन्नाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ३८, ६३,०१,००० रुपैयाँ (अठ्ठिस करोड त्रेसठ्ठी लाख एक हजार मात्र) को वार्षिक बजेट सर्वसम्मत रूपमा पारित गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको तुलनामा विकास र प्रशासनिक खर्चलाई सन्तुलित बनाउने प्रयास गर्दै चालु र पूँजीगत खर्चको सीमा निर्धारण गरेको छ ।

बाजुराका स्थानीय तहले नागरिकहरुको आवश्यकताका आधारमा बजेट ल्याएका छन् । सबै स्थानीय तहले विशेष गरी शिक्षा, स्वास्थ, कृषि र पुर्वाधारलाई मुख्य प्राथामिकतामा राख्दै बजेट ल्याईएको बडीमालिका नगरपालिकाकी उप-प्रमुख नन्दा कुमारी थापाले बताईन् ।

उनले बडीमालिका नगरपालिकाले समेत कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता राख्दै जनमुखी बजेट ल्याएको जानकारी दिईन् ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार १५:५५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।