Logo

आजको तस्बिर

यसरी मनाए शेर्पा समुदायले ग्याल्बो ल्होसार (तस्वीरहरु)



काठमाडौँ । देशभरका शेर्पा समुदायले नयाँ वर्षका रुपमा २१५०औं ग्याल्बो ल्होसार मनाएका हुन् । शेर्पा समुदायको भेषभूषा, कला संस्कृति र मौलिक नृत्यका साथ देशभरका शेर्पाहरुले ल्होसार मनाएका हुन् ।

ग्याल्बो ल्होसारको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । ल्होसारको अवसरमा काठमाडौंको बौद्ध स्तूपमा शेर्पा समुदायले आज पूजा गरेका छन् । यो पटक बाघ वर्ष पूरा गरी खरायो वर्ष आरम्भ हुँदैछ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको छ ।

ग्याल्बो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रुपमा मनाइन्छ । ग्याल्बो ल्होसार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । समय क्रममा ग्याल्बो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाको भनाइ छ ।

तस्वीरहरु:

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार ०९:४९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।