काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार कतार जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड अतिकम विकसित मुलुकहरू (एलडीसी)को सम्मेलनमा भाग लिन आगामी शुक्रबार कतार जान लागेका परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।
तेस्राे पटक प्रधानमन्त्री बनेपछि प्रचण्डकाे याे नै पहिलाे विदेश भ्रमण हाे । उनी २२ गतेसम्म एलडीसी सम्मेलनमा रहनेछन् । एलडीसीको यो पाँचौं सम्मेलन हो ।
उक्त सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री विमला राई पौड्याल पनि जानेछिन् । परराष्ट्रमन्त्री पौड्याल आइतबार मानव अधिकार परिषद्को ५० औं सत्रमा भाग लिन जेनेभा जाने र उनी जेनभाबाटै एलडीसीको सम्मेलनमा भाग लिन कतार जाने छिन् ।




















प्रतिक्रिया