विराटनगर । संघ र बागमती प्रदेश सरकारबाट बाहिरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश १ मा भने तत्काल सरकार नछाड्ने भएको छ । राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समीकरण बनेपछि राप्रपाले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा राप्रपाले संघ र बागमती प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई राजीनामा गराइसकेको छ ।
राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारी मन्त्री भक्ती सिटौलाले पार्टी नेतृत्वसँगको छलफलपछि मात्रै सरकारबारे निर्णय गर्ने बताए । अन्य प्रदेशको तुलनामा प्रदेश १ को परिस्थिति फरक रहेका कारण छलफलपछि निर्णयमा पुगिने उनले बताए ।
अन्य प्रदेशको तुलनामा प्रदेश १ विशिष्ट परिस्थितिको रहेको भन्दै आफूहरुका कारण अस्थिरता नहोस भन्ने चाहना रहेको सिटौलाले सुनाए । प्रदेश सरकारमा रहने वा बाहिरिने भन्ने विषयमा छलफल गर्न पार्टीको प्रदेश समितिले बैठक बोलाएको उनले बताए । प्रदेश १ मा राप्रपाका ६ सांसद छन् ।




















प्रतिक्रिया