Logo

प्रमुख समाचार

राष्ट्रपतिमा सर्वसम्मतको प्रयास जारी छ, २५ गतेसम्म नै कोसिस रहन्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा ‘सर्वसम्म’को प्रयास भइरहेको बताएका छन् । आइतबार गारखाको बारपाक सुलिकोट गाउँपालिकामा भएको ुजनयुद्धुका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति सभालाई सम्बोधन गर्दै उनले त्यसका लागि नेकपा एमालेसँग पनि लगातार कुरा भइरहेको बताए ।

सहमति भए नयाँ राजनितिक यात्रा, स्थायित्व र विकासका निम्ति सहयोगी बन्ने प्रधानमन्त्री प्रचण्डले बताए । ‘हिजो मात्र राष्ट्रपतिको चुनावको सन्दर्भमा आउँदा आठ राजनीतिक दल एक ठाउँमा भयौं, नेकपा एमालेसँग पनि लगातार कुरा भइरहेको, २५ गतेसम्म राष्ट्रपतिमा सर्वसम्मतको कोसिस रहन्छ,’ उनले भने, ‘सर्वसम्मत भए सो मच द वेटर । धेरै राम्रो हुन्छ, त्यो कोसिस गरिरहेका छौं, नभए नयाँ राजनीतिक यात्रा स्थायित्व र विकासका निम्ति अझै सहयोगी हुने विश्वास लिएको छु ।’

प्रचण्डले राष्ट्रपतिको चुनावको सन्दर्भमा आइपुग्दा आठ राजनितिक दल एक ठाउँमा आएको बताए । ‘निर्वाचन लड्दै गर्दा जुन राजनीतिक दलसँग मिलेर जनताकाबीच भोट मागेका थियौं, गर्दै जाँदा परिस्थिति नयाँ बन्यो, हिजो प्रधानमन्त्ती भिन्न तवरले भएँ,’ उनले भने, ‘हिजो मात्र राष्ट्रपतिको चुनावको सन्दर्भमा आउँदा आठ राजनितिक दल एक ठाउँमा भएका छौं ।’

प्रचण्डले आफ्नो बाँकी जीवन सुशासन, विकास र देशको समृद्धिको निम्ति खर्चने पनि बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार १५:५९   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।