Logo

राजनीति

आठ दलीय नयाँ गठबन्धनको बैठक बालुवाटारमा जारी



काठमाडाैं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठक आगामी राष्ट्रपतिको निर्वाचन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासकाे मत लिनेबारे तथा आगामी रणनीतिबारे केन्द्रित रहेकाे बताइएकाे छ ।

बैठकमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुकाे सहभागीता छ । गत शुक्रबार बसेको आठ दलको बैठकले कांग्रेसको उम्मेदवारलाई आगामी राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार १९:३७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।