Logo

प्रमुख समाचार

देशका चुनौतीपूर्ण समस्याहरु समाधान गर्न सबै दल एकजुट हुनुपर्छ : अध्यक्ष नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशका चुनौतीपूर्ण समस्याहरुलाई समाधान गर्न सबै दल एकजुट हुनुपर्ने बताएका छन् । यसका लागि नेकपा एमालेलगायत सबै राजनीतिक दल मिलेर जानुपर्ने उनको भनाइ थियो ।

धनुषाको जनकपुरमा सञ्चारकर्मीहरुसँग आइतबार कुराकानी गर्दै अध्यक्ष नेपालले संकटको बेलामा सबै दलहरुले हातेमालो गर्दा राम्रो हुने धारणा व्यक्त गरे ।

‘नेपालमा जस्तो किसिमको चुनौतीहरु देखिएका छन्, ती चुनौतीहरु सामना गर्नलाई सबै राजनीतिक दलहरु एकजुट भएर जानुपर्छ भनेको हो । सबै मिल्नुपर्छ, त्यसमा एमाले पनि पर्‍यो । मिलेर जानुपर्छ’, उनले भने, ‘देशको समस्या चुनौतीपूर्ण छ, यो समस्यालाई समाधान गर्नका लागि देशका सबै राजनीतिक दलहरु एक भएर जानुपर्छ ।’

अध्यक्ष नेपालले आफूले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका विषय अनुमानका कुराहरु मात्र भएको पनि बताए । आफूहरुबीच भएको सहमतिबारे कुरा खोल्ने बेला नआएको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार २०:१९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।